aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

फेसबुक प्रयोगमा शिक्षकलाई कडाई

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ जेठ २०७६
फेसबुक प्रयोगमा शिक्षकलाई कडाई

काठमाडौं । सामाजिक सञ्जाल चलाउने शिक्षकले आफ्नो वास्तविक फोटो राख्नुपर्ने र प्रोफाइल विवरण पनि साँचो नै राख्नुपर्ने प्रावधान रहेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको सामाजिक सञ्जाल र मोबाइल फोन सञ्चानल तथा प्रयोगसम्बन्धी मार्ग निर्देशनले यस्तो व्यवस्था गरेको हो । 

शिक्षकले कक्षा कोठामा र शिक्षण सिकाइ क्रियाकलापलाई नकारात्मक प्रभाव पार्नेगरी कक्षाकोठाभित्र मोबाइल प्रयोग गर्न नपाइने व्यवस्था पनि उक्त मार्ग निर्देशनमा उल्लेख छ । तर शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्ने प्रयोजनका लागि मोबाइल फोनलाई साधनको रुपमा भने प्रयोग गर्न सकिने व्यवस्था छ । 

मार्ग निर्देशनले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र सो अन्तर्गतका निकायमा कर्मचारीहरु र विद्यालय वा विश्वविद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको सामाजिक सञ्जालको प्रयोगसम्बन्धी कार्यको अनुगमन गर्न प्रत्येक विद्यालय र कार्यालयमा सामाजिक सञ्जाल सञ्चालन तथा नियमन सम्बन्धमा सान्दर्भिक शाखा वा व्यक्ति तोक्नुपर्ने प्रावधान पनि राखेको छ । 

सरकारको नीति, मन्त्रालय वा सरकारी निकायका निर्णय, प्रस्तावित नीति आफ्नो व्यक्तिगत सामाजिक सञ्जालमा आदानप्रदान (शेयर) गर्न र सकारात्मक टीकाटिप्पणी गर्न वा व्यंगात्मक शैलीमा टिप्पणी गर्न, नकारात्मक टिप्पणी लाइक गर्न तथा शेयर गर्ने कार्य निजामती कर्मचारी तथा विद्यालय एवं विश्वविद्यालयमा कार्यरत शिक्षक कर्मचारीको आचारसंहिता विपरीत हुने हुँदा त्यस्ता कार्य गर्न भने पाइने छैन् ।  आजको अभियान दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस