aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

सिन्धुपाल्चोक पहिरो अपडेट : एक महिलाको शव फेला, १७ बेपत्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ भदौ २०७७
सिन्धुपाल्चोक पहिरो अपडेट : एक महिलाको शव फेला, १७ बेपत्ता

काठमाडाैं । लगातारको वर्षाले जिल्लाको बाह्रविसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा गए राति खसेको पहिरोमा पुरिएकी एक महिलाको शव फेला परेको छ । 

नागपुजेमा एक जनाको शव भेटिएको आफूले सूचना पाएको बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले बताए । “ठूलै मानवीय क्षति भएको हुनसक्ने खबर सुनेर घटनास्थलतर्फ जाँदैछु”, शेर्पाले भने ।

इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले नागपुजेमा सात घरका १७ जना बेपत्ताको सूची निकालिएको जानकारी दिए । नागपुजेमा कम्तीमा आठ घर र भीरखर्कमा कम्तीमा १० घर पुरिएको खबर छ ।

पहिरो प्रभावितलाई भेट्न सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोक जाँदै गरकाे सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । मौसम अनुकूल भए उद्धारका लागि हेलिकोप्टर पनि पठाउने तयारी भइरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस