aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

अमेरिकामा लागेको डढेलोका कारण २५ को मृत्यु, कयौँ बेपत्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ भदौ २०७७
अमेरिकामा लागेको डढेलोका कारण २५ को मृत्यु, कयौँ बेपत्ता

एजेन्सी । अमेरिकाका विभिन्न तीन राज्यमा लागेको डढेलोले कम्तीमा २५ जनाको मृत्यु भएको छ ।

क्यार्लिफोनिया, वासिङ्टन र ओरेगनमा ३ हप्तादेखि लागेको डढेलोमा कम्तिमा २५ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

डढेलोपछि दर्जनौं मानिस सम्पर्कविहीन भएका छन् भने सयौँ घर जलेर नष्ट भएका छन्  ।

प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिएको छ ।

४० हजार स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ भने करिब ५ लाखलाई सानुपर्ने देखिएको ओरेगनका गभर्नर केट ब्राउनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस