aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

सनराइज फस्ट म्युचुअल फण्डको प्रतिफल ७ प्रतिशत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ भदौ २०७७
सनराइज फस्ट म्युचुअल फण्डको प्रतिफल ७ प्रतिशत

काठमाडौं । सन्राइज क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सन्राइज फस्र्ट म्युचुअल फण्डले इकाईधनीहरुलाई ७ प्रतिशत प्रतिफल दिने निर्णय गरेको छ ।

यस योजनाले आर्थिक वर्ष २०७६/७७ को लागि उक्त प्रतिफल दिने निर्णय गरेको हो । यो निर्णय योजना व्यवस्थापक सन्राइज क्यापिटल लिमिटेडको भदौ २५ गतेको सञ्चालक समितिको बैठकले गरेको हो ।

प्रस्तावित प्रतिफलका लागि बुक क्लोज भने आगामी दिनमा गर्ने योजनाको भनाई छ । यस योजनाले ८ करोड ६० लाख इकाई विक्री गरेको हो ।

प्रतिक्रिया दिनुहोस