aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

चन्दा नदिँदा मेयर कुटिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ जेठ २०७६
चन्दा नदिँदा मेयर कुटिए

रौतहट । चन्दा नदिएको निहुँमा रौतहटको राजपुर नगरपालिकाका नगर प्रमुखमाथि हातपात भएको छ । मस्जिदमा नमाज पढ्न गएका बेला मंगलबार राति राजपुर नगरपालिकाका नगर प्रमुख शेख सकिललाई स्थानीयको एक समूहले राजपुरको मह्मुदिया मस्जिदमा कुटपिट गरेको हो । 

स्थानीय युवाहरुले ईदमा कार्यक्रम गर्नका लागि मेयर सकिलसँग चन्दा माग गरेका थिए । तर मेयरले सहयोग रकम मागेजति नदिएको भन्दै स्थानीय युवाहरुले हातपात गरेका हुन् । पहिले पनि नगरपालिकाले धार्मिक कार्यक्रमहरुमा सहयोग गर्ने गरेको तर यस पटक ईदको अघिल्लो दिन मंगलबारसम्म पनि मेयरले सहयोग रकम नदिएपछि आक्रोशित बनेका शेख कासिम लगायतका व्यक्तिहरुले नगर प्रमुख सकिलमाथि आक्रमण गरेको थियो । 

मस्जिदमा नमाजका लागि गएका बेला स्थानीयले आफूसँग सहयोग माग गरेको र तत्काल रकम दिन सक्ने अवस्था नभएकाले अर्को दिन आउन आग्रह गरेपछि आक्रोशित भएका युवाको जमातले टर्च लाइटले टाउँकोमा प्रहार गर्दै कुटपिट गरेको नगर प्रमुख सकिलले बताए । आजको कारोबार दैनिकमा खबर छ । 
 

प्रतिक्रिया दिनुहोस