काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बेरुजु २० अर्ब ६२ करोड पुगेको र बेरुजुका कागज मिलाउन देशभर गोष्ठी गरिएको खुलासा गरेको छ । बेरुजु फर्स्योट शीर्षकको गोष्ठीमा कम्तीमा २० लाख खर्च हुन लागेको छ । धनगढी, नेपालगञ्ज र सुर्खेतमा गोष्ठी भइसकेको छ । पोखरा, विराटनगर, बर्दिबास र धुलिखेलमा गोष्ठी हुँदैछ ।
मन्त्रालयअन्तर्गतको स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजीसीडीपी)को खर्च बेरुजु देखिएपछि फर्स्योट गर्न सकस भएको आजको अन्नपूर्ण पोष्टको समाचारमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस