aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

प्रहरीले पालना गर्नुपर्ने आचार संहिता सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ भदौ २०७७
प्रहरीले पालना गर्नुपर्ने आचार संहिता सार्वजनिक

काठमाडौं ।  प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमबीच प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने आचार संहिता सम्बन्धी कार्यादेश–२०७७ सार्वजनिक गरेका छन । साथै उनले नेपाल प्रहरी कार्ययोजना–२०७७ को Implementation Tracking Software समेत सोही अवसरमा शुभारम्भ गरेका छन ।  

    कार्यक्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले निर्माण भएका कार्यादेश र निर्देशिकाहरुले संगठनलाई सही मार्गमा लैजान दूरगामी रुपमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे । प्रस्तुत कार्यादेशको फलोअप गर्दै जानुपर्नेमा जोड दिँदै उनले यसले प्रहरीको छविलाई थप राम्रो बनाउन मद्दत पुर्‍याउने विचार व्यक्त गरे  । 

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी संगठनमा व्यवसायिकता नै मुख्य भएकोले सडकमा समेत व्यवसायिकता देखिने गरी काम गर्न उपस्थित प्रहरी अधिकृतहरुलाई निर्देशन दिए । सबैको साझा शत्रुको रुपमा कोभिड(१९ लाई लिई यसको नियन्त्रणमा लाग्नु पर्नेमा उनले जोड दिए । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु र प्रदेश प्रहरी प्रमुखहरुको भर्चुअल्ली उपस्थिति रहेको थियो ।   
 

प्रतिक्रिया दिनुहोस