aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

‘असोज १ गते घरघरमा दीपावली गरौँ’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ भदौ २०७७
‘असोज १ गते घरघरमा दीपावली गरौँ’

काठमाडौं । सरकारले आउँदाे असोज १ गते बेलुका आठ बजे घरघरमा दीपावली गर्न अनुरोध गरेको छ । अन्तर्राष्ट्रिय बिरामी दिवस आउँदो असोज १ गते नेपालमा पनि विशेष कार्यक्रम गरी मनाइँदैछ । स्वास्थ्य सेवा विभागको उपचारात्मक स्वास्थ्य महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले सन् २०१९ सेप्टेम्बर १७ देखि संयुक्त राष्ट्र संघले घोषणा गरेको बिरामी दिवस केन्द्र, प्रदेश र स्थानीयस्तरमा स्वास्थ्यकर्मीको सुरक्षा र सम्मानका लागि आह्वान गर्दै मनाइने जानकारी दिए ।

उनले कोरोना महामारी नियन्त्रणका लागि अग्रपङ्क्तिमा रहेका स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन र उनीहरुको सम्मानका लागि सरकारले पनि असोज १ गते बेलुका सात बजे माईतीघर मण्डलामा दीप प्रज्वलन गर्ने बताए । महानिर्देशक पोखरेलले त्यही समयमा कोरोना सङ्क्रमितको स्वास्थ्य लाभको कामना गर्नुको साथै कोरोनाबाट ज्यान गुमाएकोहरुको सम्झनामा एक मिनेट मौनधारणसमेत गर्ने बताए । त्यस्तै, असोज १ गते साँझ ८ बजे सम्पूर्ण देशबासीलाई दिपावली गरेर स्वास्थ्यकर्मी र बिरामीको मनोबल बढाउन सरकारले आह्वान गरेको छ । 

यस वर्षको विश्व बिरामी सुरक्षा दिवस स्वास्थ्यकर्मीहरुको सुरक्षा, बिरामीको सुरक्षाको प्राथामिकता भन्ने विषयमा मनाउन लागिएको र ‘स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि सबै बोलौँ’ भन्ने नाराका साथ मनाउन लागिएको उनले बताए । निर्देशक पोखरेलले स्वास्थ्यकर्मीको सुरक्षा र उच्च मनोबल विना कोरोना भाइरसविरुद्धको लडाइँमा जित हासिल गर्न नसकिने भएकोले उनीहरुको सुरक्षा र सम्मानका लागि सबैले पहल गर्नुपर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस