aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

विद्यार्थी विनाको कस्तो स्कूल !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ जेठ २०७६
विद्यार्थी विनाको कस्तो स्कूल !

नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिका-५ नानपूर्वामा रहेको जनता कल्याण राष्ट्रिय प्राथमिक विद्यालय विद्यार्थीविहीन बनेको छ । विद्यालयमा एकजना शिक्षक मात्र छन् । नयाँ शैक्षिक सत्रको भर्ना अभियान सकिए पनि विद्यालयमा एकजना पनि विद्यार्थी भर्ना भएका छैनन् । 

विद्यालयमा एक्ला शिक्षक हुन् जगदीशप्रसाद रोक्का । बिहान १० बजे जाने र साँझ ढोका बन्द गरेर घर फर्किनेबाहेक उनको अर्को जिम्मेवारी छैन् । रोक्काको यस्तो दिनचर्या नयाँ शैक्षिक सत्रसँगै शुरु भएको हो । गतवर्ष नै विद्यार्थीको संख्या अत्यन्त कम थियो । 

अहिले विद्यार्थी नै नभए पनि आफू वैशाख २ गते देखि नियमित विद्यालय आउने-जाने गरेको रोक्काले बताए । 'कुनै विद्यार्थी भर्ना हुन आइहाल्छन् कि भन्ने आशले आउने गरेको हुँ,' उनले भने । गत शैक्षिक सत्रमा विद्यालयबाट १० जनाले परीक्षा दिएका थिए ।

त्यतिबेला विद्यालय नियमित आउने विद्यार्थी दुई/तीन जनाभन्दा बढी कहिल्यै नभएको रोक्काको भनाई छ । अभिभावकको बोर्डिङ मोहले विद्यार्थी नआएको रोक्काले बताए । आजको अभियान दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस