काठमाडौं । जिल्ला अदालत, काठमाडौंले कीर्तिपुर नगरपालिका–७, भाजंगलमा घेरबेटीले डेरावालाको हत्यामा तीन जना आरोपितलाई ५ दिन म्याद थप गर्न आदेश दिएको छ ।
घरबेटी ६६ वर्षीय प्रेमकृष्ण महर्जन, दुई छोरा परमेश्वर महर्जन र प्रमोद महर्जनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो । शुक्रबार सामान्य विवादमा प्रेमकृष्णले घरको आग्लोले हानेर भाजंगलमा डेरा गरी बस्ने ४२ वर्षीया शम्भु चौधरी भनिने शम्भु महतोको हत्या गरेका थिए ।
प्रतिक्रिया दिनुहोस