aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ भदौ २०७७
हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

काठमाडौं । हेलम्बु गाउँपालिकाको पहलमा मृत शिशु जन्माएकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ पठाइएको छ । हेलम्बु–७ मा रहेको इचोक बर्थिङ सेन्टरमा शनिबार दिउँसो २ः३०मा   सुत्केरी भएकी महिलाको अत्यधिक रक्तस्रा्रव भइरहेकाले एम्बुलेन्सबाट लान नसकिने अवस्थामा आइतबार साँझगतहप्ता पनि हेलम्बु–१ की फुर्बा डोल्मा लामाले जन्माएको बच्चाले श्वास आफै फेर्न नसकेपछि गाउँपालिकाले आफ्नै खर्चमा हेलिकप्टरमार्फत उद्धार गरेको थियो । आफ्ना नागरिकको जीवन रक्षाका लागि स्थानीय सरकार जुनै समय पनि तयार रहेको अध्यक्ष शेर्पाले बताए । मनाङ एयर हेलिकप्टरमार्फत काठमाडौँ लगिएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । 

महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचाररत सुत्केरी हेलम्बु–१ की पेमा लामाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्ञानेन्द्र सिग्देलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस