aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

नतिजा प्रकाशन नगर्न त्रिविलाई अख्तियारको आदेश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ जेठ २०७६
नतिजा प्रकाशन नगर्न त्रिविलाई अख्तियारको आदेश

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको परीक्षाको अन्तिम नतिजा प्रकाशन नगर्न पत्राचार गरेको छ ।
सेवा आयोगले लिएको परीक्षा पारदर्शी नभएको उजुरीपछि अख्तियारले अन्तिम नतिजा सार्वजनिक नगर्न त्रिभुवन विश्वविद्यालयलाई पत्राचार गरेको हो ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले भने, ‘यो विषयमा हामीले उच्च प्राथमिकताका साथ अनुुसन्धान गरिरहेका छौं । तत्कालका लागि अन्तिम नतिजा सार्वजनिक नगर्न पत्राचार गरेका छौं, यदि परीक्षामा अनियमितता ठहरिए परीक्षाका सबै प्रक्रिया रद्द हुनेछ ।’

त्रिवि सेवा आयोगले आर्थिक वर्ष २०७३र७४ मा विभिन्न प्रशासनिक पदमा १७० जनाका लागि खुला आवेदन माग गरेको थियो । लिखित परीक्षामा आयोगका पदाधिकारीका नातागोता उत्तीर्ण भएपछि अख्तियारमा उजुरी परेको थियो ।

लगत्तै अख्तियारले लिखित परीक्षाको उत्तरपुस्तिका नियन्त्रणमा लिएको थियो । तर, त्रिवि सेवा आयोगले लिखित परीक्षामा उत्तीर्ण भएकाहरूको अन्तर्वार्ता लिएको थियो । यो समाचार आज प्रकाशित राजधानी दैनिकबाट लिइएको हो ।

प्रतिक्रिया दिनुहोस