aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

भारतीय स्टेट बैंकले ग्राहकलाई यसरी झट्का दियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ भदौ २०७७
भारतीय स्टेट बैंकले ग्राहकलाई यसरी झट्का दियो

एजेन्सी । भारतीय स्टेट बैंक (एसबीआई)ले आफ्नो ग्राहकहरु को लागि एक झटका दिएको छ । बैंकले मुद्दती खातामा  ब्याज दरहरू घटाएको छ ।  यसभन्दा पहिले एसबीआईले २७ मेमा मुद्दतीको ब्याज दरहरू परिवर्तन गरेको थियो । 

बैंकले एकदेखि २ वर्षकमका मुद्दती खाताको ब्याज दर ०.२० प्रतिशतले घटाएको छ । अब १ बर्ष भन्दा बढी र २ बर्ष भन्दा कम मुद्दती खातावाले ४.९० प्रतिशत ब्याज पाउने छन् ।  जबकि यसभन्दा पहिले बैंकले ५.१० प्रतिशत ब्याज पाउदै आएका थिए । अब नयाँ ब्याज दरहरू गएको १० सेप्टेम्बरदेखि लागू भएको छ । 

यो परिवर्तनपछि एसबीआई बैंकमा ७ दिनदेखि ४५ दिनसम्ममा परिपक्व भएको मुद्दतीमा ब्याज दर २.९ प्रतिशत पाउने छने । ४६ दिनदेखि १७९ दिनको मुद्दतीमा ब्याज दर ३.९प्रतिशत, १८० दिनदेखि एक वर्षभन्दा कमको ब्याज दर ४.४ प्रतिशत ब्याजदर भएको छ ।

जबकि एक बर्षभन्दा धेरै र दुई बर्षभन्दा कम समय अवधि रहेका मुद्दती खातामा ४.९ प्रतिशत हुनेछ । दुई बर्षदेखि ३ वर्षसम्मको मुद्दतीमा ५.१ प्रतिशत, तीदेखि ५वर्षसम्म मुद्दतीमा ५.३ प्रतिशत र पाँच बर्षदेखि १० वर्षको लागि ५.४ प्रतिशत हुनेछ ।

प्रतिक्रिया दिनुहोस