aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

मेडिकल सामग्री आयातमा घोटला गर्ने ओम्नी समूह १ वर्षका लागि कालोसूचीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ भदौ २०७७
मेडिकल सामग्री आयातमा घोटला गर्ने ओम्नी समूह १ वर्षका लागि कालोसूचीमा

काठमाडौं । मेडिकल सामग्री आपूर्तिमा घोटला गर्ने ओबीसीआई प्रालि (ओम्नी) कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयलले सम्झौता बमोजिमको काम नगरेको भन्दै ओम्नीलाई कालोसूचीमा राखेको हो । कार्यालयले सूचना जारी गरेर भदौ २८ गतेदेखि लागू हुनेगरी १ वर्षका लागि ओम्नीलाई कालोसूचीमा राखेको हो । 

कालोसूचीमा परेपछि यो कम्पनीले अब एक वर्ष सार्वजनिक निकायको कुनै पनि खरिद तथा ठेक्का प्रक्रियामा भाग लिन पाउने छैन ।  ललितपुर वडा नं. ३, कृष्णगल्ली कार्यालय रहेको उक्त कम्पनीले मेडिकल सामग्री ल्याउँदा करोडौं रुपैयाँ घोटला गरेको थियो । 

ओम्नी समूहलाई स्वास्थ्य सेवा विभागले गत चैतमा करीब एक अर्ब २५ करोडको मेडिकल सामग्री खरिदकोे ठेक्का दिएको थियो ।  मेडिकल सामग्री खरिदमा करोडौं रूपैयाँ अनियमितता गर्न खोजेको आरोप लागेपछि विभागले ठेक्का खारेज गरेको थियो । त्यसयता ओम्नीलाई कालोसूचीमा राख्ने निर्णय कार्यालयले गरेको हो

 कम्पनीका मुख्य व्यक्ति तुलहरी सिंह प्रमुख रहेको ओबीसीआई प्रालिलाई स्वास्थ्य सेवा विभागको सिफारिसमा एक वर्षका लागि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।

ओम्नीका साथै सार्वजनिक खरिद अनुगमन कार्यालयले अरुण कन्स्ट्रक्सन, मैैवाखोला–१ ताप्लेजुङलाई पनि १ वर्षको लागि कालोसूचीमा राखेको छ । उक्त कम्पनीलाई आठरार्य त्रिवेणी गाउँपालिका, गाउँ कर्यापालिकाको कार्यालयले कालोसूचीमा राख्नेका लागि सिफारिस गरेको हो ।

त्यस्तै वी.टी/ टौदह÷फस्कु जे.भी (वी.टी. निर्माण सेवा वत्तिसपुतली, टौदह कन्स्ट्रक्सन चाल्नोखेल र फस्कु निर्माण सेवा फस्कु दोलखालाई पनि दुई वर्षको लागि कोलोसूचीमा राखेको छ । खड्ग वहादुर बुढाथोकाी मुख्य व्यक्ति रहेको उक्त कम्पनीलाई कालोसूचीमा राख्नको लागि संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय,सडक डिभिजन दाङले सिफारिस गरेको हो । 


 

प्रतिक्रिया दिनुहोस