aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

प्रुडेन्सियल इन्स्योरेन्सको अध्यक्षमा अग्रवाल चयन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ भदौ २०७७
प्रुडेन्सियल इन्स्योरेन्सको अध्यक्षमा अग्रवाल चयन

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा विशाल अग्रवाल चयन भएका छन् ।

अग्रवाल भदौ २६ गतेको १८ औं वार्षिक साधारणबाट सञ्चालकमा निर्वाचित भएका थिए । अग्रवाल सहित संस्थापक समूह अन्तर्गत अमित अग्रवाल र अर्पित अग्रवाल पनि सञ्चालकमा निर्वाचित भएका हुन ।

साधारण सभाबाट सञ्चालकमा निर्वाचित भएका अग्रवाललाई कम्पनीको २०८ औं सञ्चालक समितिको बैठकले अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । कम्पनीले जारी गरेको सुचनाको आधारमा अग्रवाल आगामी चार वर्ष कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन भएका हुन ।
 

प्रतिक्रिया दिनुहोस