काठमाडौं । विद्युत प्राधिकरणको कार्यकारी निर्देशक र अख्तियार आयुक्त नियुक्त गर्न मन्त्री परिषदको बैठक बस्दै छ । सम्भवत आज बस्न लागेको बैठकले अर्थ तथा सञ्चार मन्त्री नियुक्तका सम्बन्धमा छलफल गर्नुका साथै रिक्त रहेको दुई पदका विषयमा समेत निर्णय गरिने बुझिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ५ बजेका लागि मन्त्रीपरिषद बैठक बोलाएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
आज बस्ने मन्त्रीपरिषदको बैठकले केहि महत्वपूर्ण निर्णय गर्ने कार्यालयले जानकारी दिएको छ । आकष्मिक बाहेक मन्त्रीपरिषदको बैठक आइतबार वा सोमबार बस्दै आएको छ । त्यस्तै बैठकले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाका लागि सिफारिस गर्ने समेत बुझिएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङको आज सोमबारदेखि चार वर्षे कार्यकाल सकिएको छ भने अख्तियार प्रमुख नवीन घिमिरेको कार्यकाल आइतबार सकिएको छ ।
प्रतिक्रिया दिनुहोस