
काठमाडौं । संसद्को शिक्षा तथा स्वास्थ्य उपसमितिले बुधबार डाकेको छलफलमा सांसद खगराज अधिकारीले मेडिकल सञ्चालकहरुसँग कडा प्रश्न गरेका छन् । उनले सञ्चालकहरुलाई भने, 'छात्रवृत्ति पाएको विद्यार्थीले समेत कलेजमा पैसा तिर्नुपरेको गुनासो सत्य हो ? शिक्षकहरूलाई पनि तलब दिनुभएन रे, त्यसैकारण शिक्षकले विद्यार्थीलाई फेल गराइदिन्छ भन्ने गुनासो छ । उजुरी सबै ठीक नहुन पनि सक्छ । तर, मेडिकल कलेजमाथि किन यति धेरै उजुरी आउँछ ? कसैले बौलाएर उजुरी गरेको त होइन होला नि ।'
त्यस्तै अधिकारीले होस्टेलका विषयमा पनि प्रश्न गरे । उनले भने, 'तपाईंहरूको होस्टेलमा बसेका विद्यार्थी बेलुका भएपछि रक्सी खाँदै बजार चहारेको त मेरै आँखाले देखेको छु । गाँजा खाएर हिँडेको पनि प्रमाण छ । केटीको होस्टेलमा केटा पसेको छ । यस्तो पनि हुन्छ होस्टेल ? हाम्रा साना नानीहरूलाई तपाईंहरूले बिगारेर घर पठाइदिन त भएन नि !' नयाँ पत्रिकामा खबर छ ।
प्रतिक्रिया दिनुहोस