aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

माछा मार्न गएका युवा बेपत्ता

  • रासस
    रासस
  • सोमबार, २९ भदौ २०७७
माछा मार्न गएका युवा बेपत्ता

बर्दिया । बर्दियाको बबई नदीमा माछा मार्न गएका एक युवकलाई नदीले बगाउँदा बेपत्ता भएका छन् । 

बारबर्दिया नगरपालिका–१ का २२ वर्षीय विनोद चौधरी आइतबार बबई नदीमा माछा मार्न गएको र माछा मार्ने क्रममा उनलाई नदीले बगाएको बर्दियाका प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिनुभयो । 

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीसहितको टोलीले उनको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस