aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

चुनाव हारेका बामदेव सांसद बने, अब कुन मन्त्रालय पाउने हुन ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ भदौ २०७७
चुनाव हारेका बामदेव सांसद बने, अब कुन मन्त्रालय पाउने हुन ?

काठमाडौं । सरकारले नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफरिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डा. युवराज खतिवडा पदमुक्त भएपछि रिक्त रहेको राष्ट्रियसभामा रिक्त रहेको एक सदस्य पदमा गौतमको नाम सिफरिस गर्ने निर्णय गरेको हो । 

२०७४ मंसिरमा भएको संघीयमा भएको प्रतिनिधिसाभा चुनावमा बर्दिया १ बाट का‌ंग्रेसका सञ्जय गौतमसँग बामदेव गौतम ७ सय ५३ मतले पराजित भएका थिए । कांग्रेस बर्दियाका सभापति रहेका सञ्जयले ४४ हजार ८ सय २९ मत ल्याएका थिए । गौतमले भने ४४ हजार ७६ मत पाएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुर्नगठन गर्ने तयारी गरिरहेका बेलामा बामदेवलाई राष्ट्रियसभामा मनोनित सदस्य बनाएर उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय सम्भावना बढेको छ । उनले शक्तिशाली एक मन्त्रालय पाउने सम्भावना रहेको छ । 

प्रतिक्रिया दिनुहोस