
भनिन्छ नि, ‘अगुल्टोले हानेको कुकुर बिजुली चम्किदा तर्सिन्छ’ । अहिले चीनले त्यस्तै व्यवहार देखाएको छ । एउटा जंगली सुँगुरमा स्वाइन फ्लु देखिनेवित्तिकै उसले कठोर निर्णय गरेको छ ।
चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरसले अहिले संसार नै आक्रान्त छ । भारतदेखि युरोप र उत्तर दक्षिण दुवै अमेरिकामा कोरोनाबाहेक अन्य कुराको चर्चा छैन । उत्तरी गोलार्धमा बर्षायाम सकिँदै गर्दा र रुघाखोकी लाग्ने जाडो याम शुर हुँदै गर्दा कोरोना नरोकिने थप चिन्ता बढेको छ ।
यहिबेला यसअघि नै महामारीको रुपमा देखा परिसकेको अफ्रिकन स्वाइन फ्लु कतिपय ठाउँमा देखा परेको समाचारहरू सार्वजनिक भइरहेका छन् । जसले गर्दा कोरोना महामारी रोकथाम नहुँदै अर्को महामारी थपिने हो की भन्ने आशंकाले धेरैलाई आतंकित पार्न थालेको छ ।
पछिल्लो समयमा जर्मनीमा एउटा जंगली सुँगुरमा अफ्रिकन स्वाइन ज्वरो देखा पर्यो । सो घटना सार्वजनिक हुने बित्तिकै चीनले गत शनिवारदेखि नै युरोपबाट आयात हुँदै गरेको सुगरको मासुको आयातमा पुर्णरुपमा प्रतिबन्ध लगाएको छ ।
चीनले यस्तो निर्णय त्यो बेला गरेको छ जुन बेला चीनमा सुँगुरको मासुको अत्यधिक माग छ । केही अगाडी त्यहाँका सुँगुर फार्महरूमा अफ्रिकन स्वाइन फ्लु देखिएपछि पुराका पुरा सुगुरहरुलाई मारेर खोर रित्ताइएको थियो । जसको कारण त्यहाँ मासुको अभाव बढेको छ ।
अहिले अनियन्त्रित ढंगले सुगरको मासुको मूल्य पनि बढेको छ । यसको प्रमुख कारण भनकै सन् २०१९ को अन्त्यतिर सुगुरहरुमा देखिएको संक्रमण रोकथाम गर्न लाखौँको संख्यामा खोरहरु रित्तिनेगरि सुगरको माउ र पाठाहरू मार्न चालिएको कदम हो ।
चीनले गरेको पछिल्लो निर्णयसँगै त्यहाँ सुगरको मूल्यमा ठुलो वृद्धि किन हुँदै छ भने चीनमा युरोपबाट कूल खपतको १४ प्रतिशत सुगरको मासु आयात हुने गर्छ । अब त्यो आयातलाई विस्थापित गर्न चीनले अमेरिका र अन्य दक्षिण अमेरिकन मुलुकहरूबाट सुगरको मासु आयात गर्नुपर्ने हुन्छ ।
चीनको कृषि तथा ग्रामीण मामिला मन्त्रालय र भन्सार विभागले शुक्रवार जारी गरेको सूचनामा त्यसयता जर्मनबाट सपिङ भएका सबै सुँगुरका मासुहरू या त फिर्ता पठाइने वा नष्ट गरिने उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस