aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

नयाँ एप्स सञ्चालनमा ल्याउँदै आन्तरिक राजस्व कार्यालय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० भदौ २०७७
नयाँ एप्स सञ्चालनमा ल्याउँदै आन्तरिक राजस्व कार्यालय

काठमाडौं । सरकारले आम करदातालाई करतिर्न सजिलो होस् भनेर मोबाइल एप्स प्रयोगमा ल्याउने भएको छ । करदातालाई कर तिर्न सहज होस् भन्ने उद्देश्यका साथ आन्तरिक राजस्व विभागले मोबाइल एप्स प्रयोगमा ल्याउन लागेको विभागका महानिर्देशक विनोदवहादुर कुँवरले जानकारी दिए । 
‘हामीले यहि असोज महिनाभित्र आम करदातालाई कर तिर्न सजिलो होस् भन्नका लागि करतिर्ने प्रयोजनको लागि मोबाइल एप्स प्रयोगमा ल्याउँदै छौं,’ उनले भने ‘यो मोबाइल एप्स प्रयोगमा आएपछि करदाताले करतिर्नको लागि करदाता कार्यालय जानु पर्दैन ।’ उहाँहरूले आफ्नै मोबाइलबाट आफूले सरकारलाई तिर्नुपर्ने कर तिर्न सक्नुहुनेछ ।’

अहिले विभागको वेवसाइट तथा प्रधानमन्त्री कार्यालय अन्तर्गतको नागरिक एप्सबाट पनि करतिर्न सक्ने अवस्था छ । यद्यपि करदाताले आफैले बोकेको मोबाइलबाट कर तिर्न अझ सजिलो होस् भनेर नयाँ एप्स प्रयोगमा ल्याउन लागिएको हो ।

सूचना प्रविधिमार्फत करदातालाई कर तिर्ने वातावरण बनाउन विभाग लागि परेका छ । अहिले पनि नेपाली नागरिकले स्थायी लेखा नम्बर(प्यान) लिन करदाता कार्यालय जानु पर्दैन । महानिर्देशक कुँवरका अनुसार एक साता अघि विभागले प्यान नम्बर लिनका लागि करदाता कार्यालय जानु नपर्ने व्यवस्था मिलाएको हो । 

‘अब अनलाइनबाटै व्यक्तिगत प्यान लिन सकिन्छ,’ उनले भने । यसअघि व्यक्तिगत प्यान लिनको लागि फर्म अनलाइनबाट भरेपनि प्यानकार्ड लिन भने विभागअन्तर्गतको आन्तरिक राजस्व कार्यालयमा जानुपर्ने अवस्था थियो । सरकारलाई हाल ३४ लाख १८ हजार ५४५ करदाता रहेका छन् । सोमध्ये २० लाख ४२ हजार ९०४ व्यक्तिगत प्यान हो भने १३ लाख ७० हजार विजनेश प्यान भएको आन्तरिक राजस्व विभागका उपमहानिर्देशक मुक्ति पौडेलले जानकारी दिए ।

त्यस्तै ५ हजार ६ सय ३६ वीथ होल्डर प्यान (कर कट्टी गर्ने संस्थाहरूले प्रयोग गर्ने प्यान हो । सोही करदातामध्ये २ लाख ६० हजार ८०९ मूल्य अभिवृद्धि (भ्याट) मा दर्ता भएका छन् । साउनयता ७१ हजार ३५१ वटा विजनेश प्यान लिएका छन् भने २३ हजार ९९८ विजनेश प्यान लिएका छन् । ५ सय २० वटा वीथ होल्डर प्यान रहेको छ । 

विभागले भदौ महिनाको २९ गतेसम्म १९ अर्ब अर्ब राजस्व संकलन गरेको छ । विभागले यो महिनामा २१ अर्ब राजस्व उठाउने लक्ष्य निर्धारण गरेको थियो ।  ‘प्रतिकूल अवस्थामा पनि करदाताले देखाएको सक्रियातालाई महानिर्देशक कुँवरले सरहना गरेका छन् ।  
 

प्रतिक्रिया दिनुहोस