aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

आज पनि बढ्यो सुनको मूल्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० भदौ २०७७
आज पनि बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । सोमबार सुनको मूल्य प्रतितोला ९६ हजार ९ सयमा कारोबार भएकोमा आज तोलामा ६ सयले बढेको हो । 
 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रहेको छ भने तेजावी सुनको मूल्य ९७ हजार रहेको छ । 

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १३२० मा कारोबार भएकोमा आज तोलामा २० रुपैयाँ बढेर १३४० कायम गरिएको महासंघले जनाएको छ ।            

प्रतिक्रिया दिनुहोस