aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

ओलीले अड्काए कुलमानबारेको प्रस्ताव, घिसिङ ‘आउट’ गरेर आफन्त भित्राउने तयारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० भदौ २०७७
ओलीले अड्काए कुलमानबारेको प्रस्ताव, घिसिङ ‘आउट’ गरेर आफन्त भित्राउने तयारी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा कुलमान घिसिङको म्याद नथपिने संकेत देखिएको छ । घिसिङको गत आइतबार ४ वर्षे कार्यकाल पुरा भएको थियो । प्रधिकरणमा कुलमानको म्याद नथप्ने भएपछि प्राधिकरणमा नै कार्यरत प्रधानमन्त्री केपी शर्मा ओलीका सालो पर्ने हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने तयारी गरिएको प्राधिकरण स्रोतले बताएको छ । 

प्राधिकरण स्रोतका अनुसार नेकपा भित्र प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ती विवाद भएको सामाजिक सञ्जालमा नेकपाका नेताहरुले राखेका स्टाटसहरुबाट बुझ्न सकिन्छ । यसविचमा 'बाहिरका केहि मान्छेलाई प्राधिकरणमा ल्याउने योजना भएपनि केहि समयका लागि शाक्यलाई कामु दिएर केहि समय प्राधिकरण सञ्चालन गर्ने हुनसक्छ' स्रोतले भन्यो । 

प्राधिकरणको नयाँ कार्यकारी निर्देशकका आकांक्षीमा विद्युत विकास विभागका महानिर्देशक तथा नेपाल सरकारका सहसचिव नविनकुमार सिंह र पुनर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक शुशिल ज्ञावली पनि रहेका छन् । 

सोमबार उर्जामन्त्रालयले कुलमान घिसिङको पुनर्नियुक्तिको प्रस्ताव मन्त्रिपरिषदमा पेश गरेको थियो। तर, उर्जामन्त्री वर्षमान पुनको सो प्रस्तावबारे छलफल नै नभएको बुझिएको छ । स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले घिसिङलाई प्राधिकरणमा पुन नियुक्त गर्नका लागि कानुनी बाधा भएको बताएर प्रस्ताव पन्छाएका थिए ।

प्राधिकरणको कर्मचारी विनियमावलीलाई मन्त्रीपरिषदले नै सामान्य परिवर्तन गरेर मात्रै पनि कुलमानलाई पुन नियुक्त गर्न सकिने अवस्था रहेको छ । 'गोकर्ण विष्ट उर्जामन्त्री भएका बेलामा प्राधिकरणको कार्यकारी नियुक्ति  खुला प्रतिस्पर्दाबाट गरिने छ भन्ने प्रावधान राखिएको थियो। उक्त प्रावधानलाई मन्त्रीपरिषदले नै संशोधन गर्न सक्छ' स्रोतले भन्यो । स्रोतको निष्कर्ष छ, 'तर, यसरी कानुनी बाधा देखाएर कुलमानलाई पुन नियुक्ती नदिने प्रपञ्चमात्रै हो।'
 
प्राधिकरणमा यसभन्दा पहिला किर्तिजंग ठकुरले ६ वर्ष र डा. जनकराज कर्मचार्याले ८ वर्ष नेतृत्व सम्हालेका थिए।  'उनीहरुले पुन नियुक्ती पाएर नै त्यसरी काम गरिसकेको नजिर छ' स्रोतले भन्यो । घिसिङले पनि पुनर्नियुक्तिबारे निर्णय हुन नुसकेपछि बिदाई हुने इच्छा देखाएको प्राधिकरण स्रोतले बतायो । 

प्रतिक्रिया दिनुहोस