aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

ब्रुनाईका सुल्तान, जसको बोली नै शासन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ जेठ २०७६
ब्रुनाईका सुल्तान, जसको बोली नै शासन

एजेन्सी । ब्रुनाई दक्षिण-पूर्व एशियाको एक सानो देश हो । जो यतिबेला संसारभर चर्चामा छ । त्यसको कारण हो, व्याभिचार तथा समलैंगिक सम्बन्धलाई अपराध मानियो र ढुंगाले हिर्काएर मृत्युदण्डको सजाय दिने कानून बन्यो । पछि अन्तर्राष्ट्रिय दबावमा ब्रुनाईले उक्त फैसला फिर्ता लियो । 

ब्रुनाईबारे बीबीसीले एउटा खोज गरेको छ । बीबीसीका पत्रकार ब्रुनाई पुगेरै त्यहाँको अवस्थाबारे बुझेका छन् । पहिलो झलकमा यस्तो लाग्न सक्छ की तपाई सिंगापुरमा हुनुहुन्छ । धेरै बोटविरुवाहरु, राम्रा राम्रा सडकहरु, व्यवस्थित शहर, पैदल हिँड्ने यात्रुहरुको लागि फराकिलो पैदलमार्ग । 

बु्रनाईको राजधानीको नाम बन्दर सेरी बेगावन हो । यो एकदमै सुरक्षित र व्यवस्थित तथा शान्त शहर छ । मस्जिदहरुमा चमकदार कलर, अरबी लिपीमा लगाइका साइनबोर्ड तथा सुल्तान हसनअल बोल्कियाका ठूला ठूला तस्बिर ।  

ब्रुनाईमा अझै पनि शाही शासन छ । सुल्तानसँग यति शक्ति छ कि नेता या संसदले पनि केहि गर्न सक्दैन् । उनी नै ब्रुनाईका प्रधानमन्त्री, विदेशमन्त्री, रक्षा मन्त्री, वित्त मन्त्री तथा मुलुकको इस्लामका प्रमुख हुन् । उनको बोली नै शासन हुन्छ । 

ब्रुनाई पहिला एक ब्रिटिश राज्य तथा पछि १९८४ सम्म संरक्षित राज्य थियो । स्वतन्त्रपछि सुल्तान नै मलय मुस्लिम साम्राज्यको विचार लिएर आए । यहि विचार अहिले ब्रुनाईको दर्शन बनेको छ । र त्यहाँको सरकार यसलाई मलय भाषा, मलय संस्कृति रितिरिवाज, इस्लामिक कानून, मुल्यमान्यता, शिक्षा तथा शाही व्यवस्थाको मिश्रण मानिन्छ । जसको सबैले अनिवार्य पालना गर्नुपर्छ ।  

यहाँ असहमतिको लागि कुनै स्थान दिईदैन् । जबकी सबै ब्रुनाईबासी मलय होईनन् । यहाँ ८० प्रतिशत मुसलमान छन् । स्वतन्त्र भएपछि सुल्तान ब्रुनाईको इस्लाम अनुसार निर्देशन दिँदै अघि बढिरहेका छन् । 

यहाँ कसैलाई पनि कोहीसँग बोल्ने छुट छैन् । त्यसको लागि प्रशासनको अनमति लिनुपर्ने हुन्छ । तेल र ग्यासको भण्डार मानिएको ब्रुनाईमा अहिले ति सबै सकिन थालेका छन् । आर्थिक प्रगति राम्रो छैन् । युवाहरुमा बेरोजगारी समस्या दक्षिण पूर्वी एशियामा सबैभन्दा बढी छ । सरकारी जागिर त कहिल्यै पाईदैन् ।   

प्रतिक्रिया दिनुहोस