aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

भारतद्वारा नेपाललाई २ हजार रेमडेसिभिर उपहारस्वरुप प्रदान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० भदौ २०७७
भारतद्वारा नेपाललाई २ हजार रेमडेसिभिर उपहारस्वरुप प्रदान

काठमाडौं । भारत सरकारको तर्फबाट भारतीय राजदूत विनय मोहन क्वात्राले नेपालका माननीय परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई मंगलबार दुई हजार भाइल रेमडेसिभिर औषधी हस्तान्तरण गरेका हुन् ।

कोभिड–१९ को विश्वव्यापी महामारीले निम्त्याएको चुनौती सामना गर्न भारत सरकारले नेपाललाई गरिरहेको सहयोग अनुरुप उक्त औषधी हस्तान्तरण गरिएको हो ।

यसअघि वैशाख १० गते प्यारासिटामोल, हाइड्रोक्लोरोक्विन लगायतका अत्यावश्यक औषधी, जेष्ठ ४ गते कोभिड–१९ टेष्ट कीट (आरटी–पीसीआर) र श्रावण २५ गते आइसीयू भेन्टिलेटर जस्ता स्वास्थ्य सामग्री भारतले नेपाललाई सहयोग स्वरुप प्रदान गरिसकेको छ । निकटतम मित्र तथा छिमेकीको हैसियतले यस महामारी विरुद्धको लडाईमा भारत नेपाल सरकार र नेपालीको साथमा रहेको छ ।

अक्सिजन थेरापीमा रहेका मध्यमदेखि गम्भीर प्रकृतिका बिरामीहरुको उपचारमा प्रयोग गरिने रेमडेसिभिर एक प्रभावकारी औषधी हो । चिकित्सा अध्ययनका अनुसार यो औषधीको प्रयोगले बिरामीहरुको अस्पताल बसाई अवधि र रोगबाट निको हुने समयलाई कम गर्न उल्लेखनीय रुपमा सघाउ पुर्याउँछ ।

प्रतिक्रिया दिनुहोस