
काठमाडौं । सार्क मुलुकहरूमध्ये नेपाल सन् २०२० मा तेस्रो स्थानमा रहेर आर्थिक वृद्धिदर गर्ने प्रक्षेपण एशियाली विकास बैंकले गरेको छ । कारोनाबाट सबैभन्दा कम प्रभावित हुने सार्क मुलुकमा बंगलादेश रहने देखिएको छ भने भुटान नेपालभन्दा केही सक्षम देखिने पक्षेपण गरिएको छ ।
बंगलादेशको आर्थिक वृद्धिदर यो वर्ष पनि ५.२ प्रतिशत रह्ने अनुमान गरिएको छ भने भुटानको २.४ प्रतिशत । नेपाल भने २.३ को आर्थिक वृद्धिमा अडिन सफल रहने अनुमान छ ।
यसो त अघिल्लो वर्ष बंगलादेशले ८.२ प्रतिशतको वृद्धि हासिल गरेकोमा नेपालले ७ प्रतिशतको वृद्धिदर कायम गरेको थियो । भुटान भने अघिल्लो वर्ष ४.४ प्रतिशतको वृद्धिदरमा थियो । जसले सन् २०२१ मा मात्र १.७ प्रतितको वृद्धिदर कायमा गर्ने अनुमान छ ।
त्यसैगरी नेपाल सन् २०२१ मा १.५ प्रतिशतमा खुम्चिने अनुमान छ । जुन यो वर्ष ऋणात्मक ५ प्रतिशतको वृद्धिदरमा रहने अफगानिस्तानको बराबर हो । कोभिडले सबैभन्दा ठूलो क्षति पुर्याएको सार्क मुलुकको रुपमा माल्दिभ्स देखिएको छ । जसको आर्थिक वृद्धिदर २०२० मा २०.५ प्रतिशतको ऋणात्मक रहने देखिएको छ ।
सार्क मुलुकमध्ये सर्वाधिक ठूलो भारतले ऋणात्मक ९ प्रतिशतको आर्थिक वृद्धिदर सामान गर्दै छ भने अर्को वर्ष उसले ८ प्रतिशतको उपलब्धी हासिल गर्ने अनुमान छ ।
प्रतिक्रिया दिनुहोस