काठमाडौं । नेपालको क्षेत्रफल ४६०.२८ वर्गकिलोमिटर क्षेत्रफल वृद्धि भएको छ । पाठ्यक्रम विकास केन्द्रले तयार गरेको नयाँ पाठ्य पुस्तकमा अब नेपालको क्षेत्रफल १ लाख ४७ हजार ६४१.२८ वर्ग किलोमिटर समावेश गरि तयार पारेको हो । यसभन्दा पहिला १ लाख ४७ हजार १८१ वर्ग किलोमिटर क्षेत्रफल रहेको थियो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलद्वारा मंगलबार सार्वजनिक ‘नेपालको भू–भाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ पुस्तक मंगलबार सार्वजनिक गरेका हुन ।
उक्त पुस्तक कोमलचन्द्र बरालले लेखेका हुन । नेपालको पश्चिमोत्तर क्षेत्रको लिपुलेक र कालापानी बीचमा रहेको लिपु भञ्ज्याङलाई समेटेर लिम्पियाधुरा लिपुलेक क्षेत्रको करिब ४६०.२८ वर्ग किलोमिटर भू–भाग समावेश भएपछि नेपालको क्षेत्रफल वृद्धि भएको हो ।
प्रतिक्रिया दिनुहोस