aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

कात्तिक १ गतेदेखि पर्यटकलाई नेपाल आउन दिने सरकारको निर्णय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० भदौ २०७७
कात्तिक १ गतेदेखि पर्यटकलाई नेपाल आउन दिने सरकारको निर्णय

काठमाडौं । कात्तिक १ गतेदेखि पर्यटकलाई नेपाल आउन खुला गरिने भएको छ । सरकारले कात्तिक १ गतेदेखि हिमाल आरोहण र पदयात्राका लागि नेपाल आउने विदेशी पर्यटकलाई आवागमन खुला गरेको हो । 

सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्रिपरिषद्को सोमबारको बैठकले स्वास्थ्यसम्बन्धी प्रोटोकल पालना गर्दै सो प्रयोजनका लागि नेपाल आउन चाहने पर्यटकलाई आवागमन खुला गरेको जानकारी दिए । नेपाल आउन चाहन विदेशी पर्यटकले सम्बन्धित देशमा रहेका नेपाली दूतावाससँग समन्वय गर्नुपर्ने भएको ज्ञावालीले बताए । 

प्रतिक्रिया दिनुहोस