काठमाडौं । अब एसिड पीडितको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । एसिड आक्रमणमा परी घाइते भएका सबैको जीवनभरको सबै उपचार सरकारले गर्ने भएको हो ।
सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले उपचार गराउने र जीवनभर उनीहरूले लिन सबै औषधिसमेत सरकारले नै व्यवहोर्ने व्यवस्था गरिएको जानकारी दिएका हुन्। उनले एसिड आक्रमणमा परी घाइते भएकाहरूका लागि निःशुल्क शिक्षा उपलब्ध गराउने समेत निर्णय भएको बताए ।
प्रतिक्रिया दिनुहोस