aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

हुण्डी कारोबार गर्ने पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ जेठ २०७६
हुण्डी कारोबार गर्ने पक्राउ

काठमाडौं । हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।  रजतजयन्ती चोक स्थित सडकमा बिभिन्न सवारी साधन तथा पैदल यात्रीहरु समेतको चेकजाँच गर्ने क्रममा ती व्यक्ति  पक्राउ परेका हुन । 

पक्राउ पर्नेहरुमा भारत रक्सौलबाट बीरगंज आउदै गरेका जिल्ला बारा सिमरा पहाडीटोल बस्ने बर्ष २२ को रोशन साह र भारत बिहार जिल्ला मोतिहारी ग्राम पंचाएत सुगौली  कवलपुरटोल बस्ने बर्ष २२ को सौरभ कुमार रहेका छन् ।

उनीहरुकोसाथबाट स्रोत खुलाउन नसकेको नेपाली रुपैया २ लाख ९९ लाख ५०० रुपैयाँ र कारोवार उल्लेख भएका मोबाईल २ थान समेत फेला परेकोले सो नगद सहित निजहरु रोशन साह र सौरभ कुमार लाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस