aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

सिजीको दशैं धमाका : “कुशल स्वास्थ्य असल पर्व” ३० प्रतिशतसम्मको नगद छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० भदौ २०७७
सिजीको दशैं धमाका : “कुशल स्वास्थ्य असल पर्व” ३० प्रतिशतसम्मको नगद छुट

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले हालै बजारमा “कुशल स्वास्थ्य असल पर्व” नामक योजना ल्याएको छ । नेपालीहरुको महान चाड दशैं तथा तिहार पर्वलाई लक्षित गर्दै सिजीले उक्त योजना अन्तर्गत विभिन्न अफरहरु ल्याएको हो ।

यस योजना अन्तर्गत सिजीले आफ्ना ग्राहकलाई सिजीका कुनै पनि घरायसी सामाग्रीको खरिदमा ३० प्रतिशतसम्मको महा नगद छुट र हात खाली नजाने पक्का उपहारहरु दिने भएको छ ।

सिजीको कुनैपनि एलईडि टि.भी.को खरिदमा ३० प्रतिशतसम्मको महा नगद छुट र ४३ इन्च र सो देखि माथिका टिभीहरुमा निशुल्क जडानको सुविधा रहेको छ । त्यस्तै साईड बाई साईड, मल्टिडोर रेफ्रिजेरेटर र फ्रन्ट लोड वासिङ मेसिनमा पिजनको मिक्स्चर र आकर्षक नगद छुट रहेको छ । डाबल डोर रेफ्रिजेरेटरमा भने सिजीको ३ लिटरको भिन्टेज प्रेसरकुकर र आकर्षक नगद छुट रहेको छ ।

यसरी नै अरुपनि विभिन्न सामानहरु सिङगल डोर रेफ्रिजेरेटर, सोकेश, चेस्ट फ्रिजर र स्पिकरमा आकर्षक नगद छुटको व्यवस्था रहेको छ । यसपाली टपलोड तथा सेमिअटोमेटिक वासिङ मेसिनमा सि.जी.कै स्टिम आईरन र माइक्रोवेभ ओभनको खरिदमा कुकिङ किट प्राप्त गर्ने छन् । एसिमा भने निशुल्क जडानको योजना रहेको छ ।

यो योजना भदौ २९ गतेदेखि नेपालभरि सिमित अवधिकालागि मात्र लागू हुने छ ।

प्रतिक्रिया दिनुहोस