काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको छ । बुधबार बिहान ५ बजेर १८ मिनेट जाँदा काठमाडौं उपत्याकामा भूकम्पको ठूलो धक्का महशुस गरिएको हो ।
यो भूकम्पको धक्का पूर्वमा झापादेखि चितवन र पोखरासम्म समेत महसुस गरिएको सूचना प्राप्त भएको छ।
भूकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोक जिल्लाको राम्चे आसपास रहेको र आजको भूकम्प ६ रेक्टर स्केलको भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको कारण के कती धनजनको क्षति भयो भन्ने थप विवरण आएको छैन।
प्रतिक्रिया दिनुहोस