काठमाडाैं । बुधबार बिहानै सिन्धुपाल्चोककाे लिस्ती काेदारी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । सिन्धुपाल्चोकको लिस्ती काेदारी केन्द्रबिन्दु भएर बुधबार बिहानै ६ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रले जनाएकाे छ ।
उक्त भूकम्पको मापन १० किलाेमिटर गहिराइमा रहेकाे समेत जनाएकाे छ । बुधबार बिहान ५ बजेर १८ मिनेट जाँदा काठमाडौं उपत्याकामा भूकम्पको ठूलो धक्का महशुस गरिएको हो । यो भूकम्पको धक्का पूर्वमा झापादेखि चितवन र पोखरासम्म समेत महसुस गरिएको सूचना प्राप्त भएको छ ।
प्रतिक्रिया दिनुहोस