काठमाडौं । बुधबार बिहान गएको भूकम्पका कारण सिन्धुपाल्चोकमा पहिलो खस्न थालेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले आर्थिकन्युज डटकमलाई जानकारी दिए ।
। उनले भने, भूकम्पका कारण क्षति भएको विवरण भने अहिलेसम्म आएको छैन तर पहिरोको जोखिम भने बढ्यो । हामी कहिबाट उद्दार गर्न पर्ने खबर आउने वित्तिकै सबै सुरक्षा निकायलाई उद्दारका लागि पठाउन तयारी अबस्थामा राखेका छौं ।' बुधबार विहान सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु भएर बुधबार बिहानै ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।
यद्यपि यो भूकम्पले पहिरोको जोखिम थप बढाएको उनले बताए । उनले जिल्लाका सबै सुरक्षा निकायहरुलाई अलर्ट रहन निर्देशन दिएको समेत जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस