aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 
अपडेट

६ रेक्टरको भूकम्प पराकम्पन, ४ रेक्टर ठूला भूकम्पले ५५० भन्दा बढी हल्लायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३१ भदौ २०७७
६ रेक्टरको भूकम्प पराकम्पन, ४ रेक्टर ठूला भूकम्पले ५५० भन्दा बढी हल्लायो

काठमाडौं । सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु भएर ६ रिक्टर स्केलको परकम्प गएको छ । आज बिहान ५ बजेर १९ मिनेट जाँदा ६ रिक्टरको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् लोकविजय अधिकारीले जनाएका छन । यो नयाँ भूकम्प नभई गोरखा भूकम्प को परकम्प भएको केन्द्रका भूकम्पविद् अधिकारीले बताए ।

 उपत्यकासहित आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो । विसं २०७२ को गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ५५० भन्दा बढी परकम्प गएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस