aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

कर्मचारी व्यवस्थापनको सकसः प्रमुख प्रशासकीय अधिकृतलाई दुई गाउँपालिकाको जिम्मा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ जेठ २०७६
कर्मचारी व्यवस्थापनको सकसः प्रमुख प्रशासकीय अधिकृतलाई दुई गाउँपालिकाको जिम्मा
प्रमुख प्रशासकीय अधिकृत मिनप्रसाद भट्टराई

भैरहवा । रुपन्देही जिल्ला नेपालकै सुगम जिल्ला मध्येको एक हो ।  यस जिल्लामा कर्मचारी आउन निकै आन्तरिक प्रतिस्पर्धा हुने गर्छ ।  रुपन्देहीमा जान पाए वा बस्न पाए हुन्थ्यो भन्दै कहाँ ठाउँ खाली छ भनि कर्मचारी आफै धाउछन खोज्छन् । रुपन्देहीको दक्षिणपूर्बि क्षेत्रको रोहिणी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बिहीन भएपछी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सियारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिनप्रसाद भट्टराईलाई अर्को व्यवस्था नभएसम्मका लागि दुबै गाउँपालिकाको जिम्मेवारी दिएको छ ।

कर्मचारी समायोजनमा पुराना प्रमुख प्रशासकीय अधिकृत क्रृषिराम अर्जेल पाल्पाको रिब्दिकोटमा सरुवा भएपश्चात मालपोत कार्यालयबाट सरुवा भई आएका दामोदर भण्डारी एक सातापनि काम नगरी काम गर्न सक्दिन भनि फर्किएपछी रोहिणीमा प्रमुख प्रशासकीय अधिकृतको समस्या परेको हो ।

आर्थिक वर्ष सकिन लाग्दा प्रमुख प्रशासकीय अधिकृतको अभावमा बिकास निर्माण, अनुदान र अन्य काम ठप्प भई बजेट नै खर्च नहुने भएपछी स्थानीय तहको निर्वाचन अघिदेखि २ वर्ष बढी आफ्नै गाउपालिकाको प्रशासकीय अधिकृत रहेका भट्राईलाई मन्त्रालयबाट चिठ्ठी लेखाई मगाएको गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले बताए ।

मन्त्रालयबाट पत्र नै बनाएर गाउँपालिकाका अध्यक्षले ल्याएपछी बिगतमा आफैले काम गरेको ठाउँमा काम गर्दिन भन्न सकिन त्यसैले गत आइतबारदेखि रोहीणि पनि जान लागेको छु भट्टराईले भने , 'बिहान ६ बजे घरबाट निस्किएपछि आवश्यकता अनुसार दुबै गाउपालिकाको काम सकेर साझ ७ बजे मात्र घर फर्किने जानुहुन्छ ।'

प्रतिक्रिया दिनुहोस