
काठमाडौं । चावहिलमा जुवा तास खेलिरहेको अबस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका ७ चावहिल लामपोखरी डेरा गरी बस्ने रामेछाप सुनपाती गाउँपालिका-२ घर भएका मन बहादुर तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
उक्त स्थानबाट ६ बुक तास र नगद ८० हजार ५ सय रुपैयाँ सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रतिक्रिया दिनुहोस