aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

राजस्व परामर्श समितिले कार्य सम्पादन थाल्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३१ भदौ २०७७
राजस्व परामर्श समितिले कार्य सम्पादन थाल्यो

काठमाडौं । सार्वजनिक तथा निजी क्षेत्रको सम्वाद मञ्चको रुपमा राजस्व परामर्श समिति स्थापना भएको छ । पहिलो बैठकले समितिको नियमावलीको मस्यौदा तयार पार्ने, वार्षिक बजेट तथा कार्ययोजना, संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न आवश्यक कार्यदल गठन गर्ने निर्णय भएको समितिका सदस्य सचिव भुमिराम शर्माले बताए । सरकारको राजस्व परिचालन तथा व्यवस्थापनका सम्बन्धमा आवश्यक सुझाव तथा सिफारिस गर्न गठित समितिले कर नीतिका बारेमा विशेष अध्ययन गरेर सरकारलाई सुझाव दिनेछ । 

समितिले राजस्व नीति, कर संरचना र कार्यप्रकृयाको मूल्यांकन गर्ने, लगानी मैत्री वातावरण र कर प्रणालीको विकास गर्न सुझाव दिने, अन्तर्राष्ट्रिय कर कानुन, कर छुट तथा दोहोरो करमुक्ति सम्झौताका विषयमा समितिले वकालत गर्नेछ । 

२०७७ भदौ १ गतेको मन्त्री परिषद्को निर्णयानुसार यहि भदौ १७ गते गठित उक्त समितिले नयाँ कर लागू गर्ने, कुने कर खारेज गर्ने, करका दरहरूमा गर्नुपर्ने परिवर्तन सम्बन्धी विषयमा र वर्तमान राजस्व सम्बन्धी ऐन कानुनको प्रभावकारी कार्यान्यन नभएको सम्बन्धमा अध्ययन विश्लेषण गरी सरकारलाई उचित राय सुझाव पेश गर्नेछ । समितिले सरकारको राजस्व सम्बन्धी वौद्धिक केन्द्र(थिङ्क टयाङ्को रुपमा काम गर्नेछ । 

नवगठित समितिका अध्यक्ष महेश प्रसाद दहाल र निर्मलहरि अधिकारी नियुक्त भइसकेका छन् भने एक जना सदस्य नियुक्त हुन नै बाँकी छ । 

प्रतिक्रिया दिनुहोस