aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

टेलिकमको फोर जी इन्टरनेट सेवा विस्तार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३१ भदौ २०७७
टेलिकमको फोर जी इन्टरनेट सेवा विस्तार

गोदावरी । नेपाल टेलिकमले सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा फोर जी इन्टरनेट  सेवा विस्तार गरेको छ । 

यो प्रदेशका नौ वटै जिल्लामा २१७ वटा टावरमार्फत फोर जी इन्टरनेट सेवा विस्तार गरिएको नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाले जनाएको छ । 

“प्रदेशभर फोर जी सेवाको पहुँच पु¥याउन ३८४ टावर निर्माण गरी विस्तार गर्ने योजना छ”, सो कार्यालयका निर्देशक नामाकर न्यौपानेले भने, “कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको लकडाउन र निषेधाज्ञाका कारण गत चैतदेखि निर्माण कार्य बन्द भएकाले टावर विस्तारमा केही ढिलाइ भएको छ ।” टावर निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिएकाले लकडाउन र निषेधाज्ञाका कारण कम्पनीका प्राविधिक आउन नसक्दा टावर निर्माण कार्य प्रभावित भएको उहाँको भनाइ छ । बाँकी टावरको निर्माण यसै आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएको पनि उनले बताए । 

निर्देशक न्यौपानेका अनुसार गत वर्ष सुदूरपश्चिम प्रदेशका धनगढी, चटकपुर, चौमाला, टीकापुर, मसुरिया, लम्की, सुखड, पच्चीसघर, बुढीतोला, अत्तरिया, झलारी र महेन्द्रनगर गरी १२ ठाउँमा फोर जी इन्टरनेट सेवा शुरू गरिएको थियो । हाल टेलिकमको फोर जी सेवा कैलाली कञ्चनपुरसहित पहाडी जिल्लाका बजार क्षेत्रमा विस्तार भएको जनाइएको छ ।
 

प्रतिक्रिया दिनुहोस