बिहानै उठेर खाली पेटमा कागती पानी पिउनुका अनेकौ फाइदा छन् । विषेश गरी मेटोपना घटाउनका निम्ति खाली पेटमा कागती पानी पिउने गरेको पाइन्छ ।
चाहे गर्मीको समयमा होस् वा जाडोको, खाना खाँदा होस चाहे चट्पटे खाँद होस् हामीलाई कागती त चाहिन्छ नै । अझ बढी गर्मी मौसमा कागती पानी बनाएर पिउनुको मज्जा नै बेग्लै हुन्छ । ती हुन् कागती पानी खानुका फाइदाः
१. बिहान उठेर कागती पानी पिउने गर्नाले शरीरको बिकार पदार्थ निकाल्नुका साथै स्फूर्ती पैदा गर्छ । यसले खाना पचाउने काम समेत गर्छ ।
२. कागती भिटामिन सी तत्वको भण्डार हो । जसमा एन्टी अक्सिडेन्टको गुण पनि हुन्छ । जसले त्वचाको दाग धब्बा हटाएर निखार लेराउने काम गर्छ ।
३. कागती पानीले शरीरमा पाचन रसको उत्पादनमा सहयोग गर्छ । पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्दछ ।
४. शरीरको विभिन्न जोर्नीमा हुने दुखाईलाई कागती पानीले कम गर्छ ।
५. कागती पानीले मुख गन्हाउने समस्या समाधान गर्न मद्दत गर्छ ।
६. कागतीमा पाईने भिटामिन सी र पोटाशियमले रोगसँग लड्ने क्षमताको वृद्धि गर्छ ।
७. बिहान उठेर नियमित कागती पानी पिउने गर्नाले दिनभर शरीरलाई स्फूर्ती राख्न र शरीरमा पानीको कमी हुन दिँदैन ।
८. यदि तपाई शरीरको तौल घटाउने प्रयासमा हुनुहुन्छ भने बिहान उठेर एक गिलास कागती पानी पिउन निकै लाभदायक हुन्छ ।
प्रतिक्रिया दिनुहोस