aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

  • रासस
    रासस
  • विहीबार, ०१ असोज २०७७
नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पुनः पहिरो  खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने सो स्थानमा आज बिहान ४ः३० बजे पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो खस्ने क्रम जारी  छ । पहिरो खस्न रोकिएसँगै बिहानैदेखि सडक सफा गर्न शुरु गरिएको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ ।  पहिराका कारण सो सडकखण्ड हुँदै चल्ने सवारी साधन बाटामा रोकिएका छन् । 

बुधबार बिहान खसेको पहिरो पन्छाएर ११ बजेदेखि सडक एकतर्फी सञ्चालनमा ल्याइएको थियो । सो सडकमा सोमबार रातिदेखि पटक पटक पहिरो खस्दै आएको छ ।
 

प्रतिक्रिया दिनुहोस