aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

लागुपदार्थको मामिलामा आफ्नो नाम जोडिएपछि रकुलप्रीत पुगिन् अदालत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ असोज २०७७
लागुपदार्थको मामिलामा आफ्नो नाम जोडिएपछि रकुलप्रीत पुगिन् अदालत

एजेन्सी । लागुपदार्थको मामिलामा आफ्नो नाम जोडिएपछि कलाकार रकुलप्रीत सिंहले दिल्ली उच्च अदालतमा अपिल गरेकी छन्। उनले दायर गरेको मुद्दामा मीडियामा उनको विरुद्धमा भइरहेका कभरेजलाई रोक्न माग गरिएको छ। उनले आफ्नो इमेज विगार्न खोजिएको आरोप लगाएकी छन्।  

उनले रिया चक्रवर्ती केसमा आफ्नो नाम आउन थालेपछि मिडिया ट्रायल गर्न खोजिएको बताएकी छन्। आफ्नो र सारा अली खानको नाम रियाले लिएको सुटिङको दौरान थाहा पाएको उनको भनाई छ। त्यसपछि मीडियाले आफ्नो नाम छाप्न थालेको उनले बताएकी छन्।

भारतिय मिडियाका अनुसार रकुलप्रीतका वकिलले उच्च अदालतमा भनेका छन्, ‘मीडियाले रकुलप्रीतमाथि ह्यारेस गरिरहेका छन्।’  

प्रतिक्रिया दिनुहोस