aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

चीनले लद्दाखमा पठायो थप १० हजार सैनिक, बल्झिने भयो भारत-चीन सीमा संकट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ असोज २०७७
चीनले लद्दाखमा पठायो थप १० हजार सैनिक, बल्झिने भयो भारत-चीन सीमा संकट

एनेन्सी । भारत र चीनका सेनाबिच भएको कुस्तीमा २० जना भारतीय सेनाको मृत्यु भएसँगै एउटा प्रश्न उब्जिएको छ । ग्रृष्मकालमा भएको जस्तै झडप हिउँदमा होला या नहोला ? 

अहिले दुवै देशका सेनाहरूले गरिरहेको तयारीलाई हेर्दा लाग्छ आउँदो जाडो याममा चीन र भारतबिचको सम्बन्ध निकै नै तात्ने वाला छ । लद्दाख क्षेत्रमा भारत र चीन दुवैले सैनिक उपस्थिति बढाएको अवस्था छ । 

दुवै देशका परराष्ट्रमन्त्रीबिच ६ दिन अघि आपसी विश्वास बढाउने र तनाव कम गर्ने विषयमा छलफल भए । उनीहरुविचको सहमति कति दिन टिक्ला भन्ने संसय यसकारण पनि बढेको छ की दुवै मुलुकले आफ्ना विभिन्न माध्यमहरु मार्फत एक अर्काको खेदो खन्न र आरोप प्रत्यारोप गर्न रोकेका छैनन ।

चीनको सरकार नियन्त्रित सञ्चार माध्यम ग्लोबल टाइम्सले पनि कम्तीमा हिउँदसम्मलाई दुई देशबिचको सीमा विवाद टरेको उल्लेख गरेको छ । यसको मतलब यो हो की हिउँदपछि फेरि विवाद र झडप सुरु हुनसक्ने सम्भावनालाई दुवै मुलुकहरूले स्वीकार गरेका छन् । 

नोभेम्बर महिनादेखि लगातार ३ महिनासम्म हिउँ पर्ने भएकाले सो क्षेत्रमा रहेका सैनिकहरू सम्पूर्ण रूपमा केन्द्र सरकारबाट सम्बन्ध विच्छेदको अवस्थामा रहने छन् । उनीहरूको लागि आवास, लत्ताकपडा र खानाको आपूर्तिमा मात्र होइन की आवश्यक परेको खण्डमा थप सैन्य बल पठाउन सक्ने समेत अवस्था रहँदैन । 

तर, रहिबेला चीनले भने लद्दाक आसपासको क्षेत्रमा थप १० हजार सेना पठाएको छ । यसरी एकातिर भारतसँग उच्चस्तरिय वार्ता जारी राख्ने र विवादित क्षेत्रमा ठुलो सख्यामा थप सेना पठाउने चीनको जुन नीति देखिएको छ त्यो आफैमा शंकास्पद छ । 

चीनले यसरी सो क्षेत्रमा सेना पठाएकोबारे भारत जानकार र सजक रहेको समाचार रसियाली सञ्चारमाध्यमले जनाएको छ । चीनले हाल लद्दाखको विवादित क्षेत्रमा ५२ हजार सेना, १५० लडाकु जेट विमान र जमिनबाट आका समा मार हान्न सक्ने मिसाइलहरू तैनाथ गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस