aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

राष्ट्रियसभा सदस्यमा बामदेव मनोनित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ असोज २०७७
राष्ट्रियसभा सदस्यमा बामदेव मनोनित

काठमाडौं । राष्ट्रियसभा सदस्यमा नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतम मनोनित भएका छन् । सरकारको सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राष्ट्रियसभा सदस्य मनोनित गरेकी हुन् ।

राष्ट्रिय सभामा राष्ट्रपतिले नियुक्त गर्ने तीन जना सदस्यमध्ये डाक्टर युवराज खतिवडाको कार्यकाल भदौ २० गते सकिएपछि पद रिक्त रहेको थियो । रिक्त रहेको पदमा नेपाल कम्युनिस्ट पार्टीले २०७४ सालको चुनावमा बर्दियाबाट पराजित हुनुभएका वामदेव गौतमलाई सदस्य बनाउने निर्णय गरेको थियो ।  

प्रतिक्रिया दिनुहोस