काठमाडौं । करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको कुर्था सुरुवाल चोरी भएको छ । टोखा नगरपालिका ८ मिलन टोलस्थित सोही नगरपालिका ६ घर भएकी मिरा श्रेष्ठको लेडिज फेन्सी पसलबाट करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको २ सय थान कुर्था सुरुवाल बुधबार राति चोरी भएको हो ।
चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस