aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

हुन्डाई ग्राण्ड आई टेन नियोस अब नेपाली बजारमा, कति छ मूल्य ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ असोज २०७७
हुन्डाई ग्राण्ड आई टेन नियोस अब नेपाली बजारमा, कति छ मूल्य ?

काठमाडौं । नेपालको लागि हुन्डाई गाडीको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ उत्पादन हुन्डाई ग्राण्ड आई टेन नियोसलाई डिजिटल समारोहद्धारा सार्वजनिक गरेको छ ।

हुन्डाई ग्रान्ड आई टेन धेरै वर्षदेखि बजारमा सब भन्दा मनपर्ने र प्रशंसा गरिएको कार मध्ये एक हो। अब यसको विरासतलाई अगाडि बढाउन, हुन्डार्ईले स्टाइलिश र थप विशेषताहरु भएको ग्रान्ड आई टेन नियोस बजारमा ल्याएको छ।

हुन्डाई ग्राण्ड आई टेन नियोस कापा डुअल भिटीभिटी टेक्नोलोजीमा आधारित १.२ लिटर पेट्रोल इन्जिनमा  उपलव्ध छ । उत्कृष्ट प्रदर्शनका लागि ८३ पीएसर६००० आरपीएम सर्वाधिक पावर दुबै म्यानुअल तथा स्वचालित ट्रन्समिसन विकल्पहरुमा पाउन सकिनेछ । ग्राण्ड आई टेन नियोसले ५–स्पिड म्यानुअल र स्मार्ट अटो एटीएम दुबै किसिमको ट्रान्समिसनमा उपलब्ध छ ।

हुन्डाई ग्राण्ड आई टेन नियोसमा ग्लसी ब्ल्याक रडियटर ग्रिल, बूमएरांग आकारको एलईडी डीआरएल, स्टाइलिस टेल लैम्प, शार्क फिन एन्टेना र गन मेटल फिनिसका साथमा आकर्षक १४ इन्च एलो व्हील्स पाउन सकिन्छ। सडकमा फरक उपस्थितिको लागि हुन्डाई ग्राण्ड आई टेन नियोस पोलार ह्वाइट, टाइफुन सिल्भर, टाइटान ग्रे, फियरी रेड र आकुवा टिल जस्ता रंगहरुमा उपलब्ध छ ।

ग्राण्ड आई टेन नियोस यात्राका लागि एक उत्तम सवारी साधन मात्र नभई स्मार्ट साधन पनि हो।  एप्पल कारप्ले, एन्ड्रोइड अटो र बेस्ट इन् सेगमेंट टच स्क्रिन इन्फोटिनमेन्ट सिस्टम (२०.२५ सिएम) का साथै रियर एसी भेन्ट जस्ता सुविधाले युक्त ग्राण्ड आई टेन नियोसले आरामदायी यात्रा सुनिश्चित गर्दछ । सुरक्षित यात्राको निम्ती भने हुन्डाईले नियोसमा स्ट्रङग बडी स्ट्रक्चर ६५ प्रतिशत, फ्रन्ट डुअल एयरब्याग, सेन्सर भएको रिअर पार्किंग क्यामरा, इबिडीका साथ एन्टी लक बर्किंग सिस्ट, र ड्राइभर रिअर भ्यू मोनिटर प्रस्तुत गरेको छ ।

हुन्डाई ग्राण्ड आई टेन नियोसले नेपाली बजारमा आफनो छुटै पहिचान कायम गरि सफलतापूर्वक ग्राहकहरुको मन जित्नेमा कम्पनी विश्वस्त रहेको प्रेस विज्ञाती मार्फत जनाइएको छ । यो गाडीको सुरुवाती मूल्य ३० लाख ९६ हजार कायम गरिएको छ ।

लक्ष्मी इन्टरकन्टीनेन्टल प्रालिले नेपाल भरी १३ शोरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोवाईल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडौं ग्राहकहरुको मन तथा विस्वास जित्न सफल भएको छ । 

प्रतिक्रिया दिनुहोस