aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

प्याजको मूल्य बढाउने आठ पसललाई १४ लाख ८० हजार जरिवाना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ असोज २०७७
प्याजको मूल्य बढाउने आठ पसललाई १४ लाख ८० हजार जरिवाना

काठमाडौं ।  वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले  विभिन्न स्थानका  आठ पसललाई कारबाही गरेको छ । अनुचित व्यापारिक कारोवार गरेको जनाउँदै ती पसललाई कारवाही स्वरुप जरिवाना गर्दा  चौध लाख ८० हजार राजश्व  समेत सङ्कलन  भएको छ । विभागका निर्देशक एवम् सूचना अधिकारी रविन्द्र आचार्यले तरकारी, पानी तथा खाद्यान्नका पसललाई आज कारबाही गरिएको जानकारी  दिए ।  

बजारमा पछिल्लो समय प्याजको मूल्यमा वृद्धि भएको छ । विभागले व्यावसायिले बढी मूल्यमा प्याज बिक्री गर्न थालेपछि तरकारी बजारलाई लक्षित गरी बजार अनुगमनलाई तीब्रता दिएको जनाएको छ । आज  मात्र ६ वटा आलु प्याज व्यापारीलाई कारबाही गरिएको छ । उनले काठमाडौँ महानगरपालिकाको वडा नं ३२ स्थित तीनकुनेमा रहेको हरित कृषि तरकारी बजारमा रहेको उलक सब्जि भण्डार, दुलाल आलु भण्डार र  व्यापारी विजेश गौतमलाई  ५५/५५ हजार जरिवाना गरिएको बताए ।

यसैगरी काठमाडौँ महानगरपालिका –१३ मा रहेको रञ्जन आलु प्याज भण्डार,  महानगर १४ मा रहेको पशुपति आलु स्टोरलाई प्रति स्टोर रु दुई लाख ५० हजार , न्यू सापकोटा खाद्य तथा तरकारी स्टोलाई रु दुई लाख ५५ हजार र कागेश्वरी मनोहरा–५ मा रहेको माता सरस्वती खाने पानी प्रा लिलाई रु दुई लाख ५० हजार जरिवाना गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस