
यस वर्ष नेपालकोे कुल गार्हस्थ उत्पादन (जीडीपी) ७.१ प्रतिशत रहने विश्व बैंकले प्रक्षेपण गरेको छ । जसमा सेवा र कृषि क्षेत्रको उल्लेख्य योगदान रहने बताइएको छ । सन् २०१९ को मध्यसम्म रेमिट्यान्सको आप्रवाह नियमित रहेमा जीडीपी वृद्धि ६.५ प्रतिशतको रहने विश्व बैंकको प्रक्षेपण छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट मन्तव्यमार्फत आगामी वर्ष आगामी आर्थिक वर्षमा ८ दशमलव ५ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धिदर हासिल हुने अनुमान सार्वजनिक गरेको एक सातामै विश्व बैंकको यस्तो रिपोर्ट सार्वजनिक भएको हो ।
त्यसैगरी मानव पुँजी सूचकांक अन्य मुलुकको भन्दा राम्रो रहेको बताएको छ । बैंकले बिहीबार सार्वजनिक गरेको नेपाल विकास सम्बन्धी प्रतिवेदनमा यस्तो निष्कर्ष पाइएको हो ।
विश्व बैंकले वर्षको दुईपटक प्रकाशित गर्ने यस्तो रिपोर्टको पछिल्लो संस्करणमा नेपालले आफ्नो मानव पुँजीको क्षमता बुझ्न असमानता घटाउने, सेवा क्षेत्रमा गुणस्तर विकास गर्ने र कमजोरी कम गर्नुपर्नेमा जोड दिएको छ । जसमा सेवा र कृषि क्षेत्रको उल्लेख्य योगदान रहने बताइएको छ । सन् २०१९ को मध्यसम्म रेमिट्यान्सको आप्रवाह नियमित रहेमा जीडीपी वृद्धि ६.५ प्रतिशतको रहने विश्व बैंकको प्रक्षेपण छ ।
बजारमा १८.१ प्रतिशतले नगद प्रवाह बढ्दा समेत मुद्रास्फीति सरदर न्यून नै रहेको देखिएको छ । आयातमा उल्लेख्य गिरावट आए पनि नेपालले आफ्नो उत्पादन निर्यात गर्न नसक्दा व्यापार घाटा उच्च नै रहेको रिपोर्टको ठहर छ । तर, सधंै नेपालको टाउको दुखाईको बिषय बनेको शोधनान्तर घाटा भने अब घट्ने अनुमान गरिएको छ । विश्व बैंकले यस्तो अनुमानको आधारको रुपमा घट्दो आयात वृद्धि र बढ्दो निर्यातको शुरुवातलाई लिएको देखिन्छ ।
विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा एक्कासी देखिएको गिरावटले बैंकहरुमा निक्षेप कम भएकोछ । जसले गर्दा बैंकहरुसँग लगानीयोग्य तरलता अभाव हुने विश्व बैंको अनुमान छ । यो समस्याबाट मुक्त हुन नेपालले आफ्नो उत्पादन बढाउने र निर्यातको माध्यमबाट आय गर्ने कार्य गर्ने उसको सुझाव छ ।
नेपालमा पर्यावरणीय संकट (प्राकृतिक प्रकोप) को उच्च सम्भावना रहेकाले त्यसले जुनसुकै बेला आर्थिक वृद्धिलाई रोक्न सक्ने हुनाले यस्ता समस्याले नछुने क्षेत्रमा ध्यान दिई दिगो आर्थिक विकासको सुरक्षण गर्नुपर्ने रिपोर्टमा उल्लेख छ ।
संघीयताको कार्यान्वयनसंगै सेवा प्रवाहमा राम्रो विकास हुने सम्भावनालाई ध्यान दिंदै सो क्षेत्रमा क्षमता अभिवृद्धि गर्नु आवश्यक देखिन्छ ।
सो रिपोर्टले नेपालले तुरुन्तै आफ्नो मानव पुँजीको स्तरोन्नति गर्न लगानी केन्द्रित गर्नुपर्नेमा विशेष जोड दिएको छ । रिपोर्टमा भनिए छ–‘आज नेपालमा जन्मिएको कुनै बच्चाको उत्पादकत्व यदी उसको स्वास्थ्य र शिक्षामा कुनै समस्या आएन भने पनि मात्र ४९ प्रतिशत मात्र हुन्छ ।’ त्यसैले श्रम बजारको लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न युवा र महिला केन्द्रित योजना निर्माण गर्नुपर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस