काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको जनाएको छ। अहिले देशभर सामान्य बदली रहि प्रदेश नं ५, गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश र बागमति प्रदेशका केही स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार दिउँसो देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ नं, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेशका र प्रदेश नं ५ का एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
राती देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, प्रदेश नं ५, र सुदुरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
शनिबार दिउँसो देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जनरचट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुरपश्चिम प्रदेशका र प्रदेश नं ५ का एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आइतबार देशभर सामान्यतया बदली रही थोरै स्थानहरूमा मेघगर्जन चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रतिक्रिया दिनुहोस