aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

मोदी सरकारलाई यसरी लाग्यो चिनियाँ सेनाको साथ दिएको गम्भीर आरोप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ असोज २०७७
मोदी सरकारलाई यसरी लाग्यो चिनियाँ सेनाको साथ दिएको गम्भीर आरोप

एजेन्सी । भारत र चीनबिचको सीमा विवाद उत्कर्षमा छ । रहिबेला मोदी सरकालाई संसदमा विपक्षी सांसदहरूले चीनसँग ऋण लिएको विषयमा तिखो हमला गरेका छन् । 

भारतको विपक्षी दल काँग्रेसले एकातिर लद्दाखमा चिनियाँ सेनाको आक्रमणमा भारतिय सेनाको मृत्यु भइरहेको र अर्कातिर भारत सरकारले भने आर्थिक सङ्कटसँग जुध्न चिनसँग नै हात थाप्ने गरेको विरोधाभाषपुर्ण नीतिको कडा आलोचना गरेका छन् । 

भारतका वित्त अर्थ राज्य मन्त्री अनुराग ठाकुरले विपक्षी सांसदहरूको एक प्रश्नको जवाफ दिने क्रममा आएको प्रतिक्रिया पछि मोदी सरकार यस्तो आक्रमणको सिकार बनेको हो । 

सांसदहरूले सरकारले कोरोना महामारीबाट उत्पन्न आर्थिक संकटसँग जुध्न के कस्ता श्रोतहरूबाट प्रसा जुटाइरहेको छ भन्ने प्रश्न गरेका थिए । त्यसको जवाफमा उनले कोरोना महामारी शुरुभए यता दुई पटक केन्द्र सरकारले चीनस्थित एसियन इन्फाइस्ट्रक्चर बैंकबाट ऋण लिइसकेको जानकारी दिए । 

त्यसपछि विपक्षीहरूले सरकारको शत्रुसँग हात थाप्ने र उसैले दिएको खाएर बस्ने नीति गलत भएको भन्दै आलोचना गरेका हुन् । भारत सरकारले ८ मे मा ५० करोड डलर ऋण लिएको र सो रकम कोरोना भाइरसको आपतकालिन उपाय र स्वास्थ्य प्रणाली तयारी परियोजनामा खर्च गरिएको ठाकुरले लिखित जानकारी दिएका थिए । 

भारत सरकारले सो बैंकसँग जुन १९ का दिन अर्को सम्झौता गर्‍यो । जसअनुसार भारतले ७५ करोड डलर ऋण लिनेछ । सबैभन्दा अचम्मको कुरा त यो छ की जुन १५ का दिन गलवान क्षेत्रमा कुटि कुटि आफ्ना २० सेना मारेको देशसँग नै ४ दिन पछि यति धेरै ऋण लिने सम्झौता भारतले गरेको हो । 

विपक्षीहरू यसकारण पनि धेरै रिसाएका हुन् की दोस्रो सम्झौताबाट प्राप्त रकम मोदी सरकारको शान बनेको प्रधानमन्त्री गरिब कल्याण योजनामा खर्च गरिँदै छ । 

यहाँसम्म की कांग्रेस नेता नाहुर गान्धीले त ट्विट मार्फत गम्भीर प्रश्न नै उठाएका छन् । उनले लेखेका छन्, ‘प्रधानमन्त्रीले भने सिमाना कोही घुसेका छैनन । फेरि चीन स्थित बैंकबाट ठुलो ऋण लिए । रक्षा मन्त्री भन्दै छन् चीनले देशमा अतिक्रमण गरेको छ । अहिले गृह राज्यमन्त्री भन्दै छन् अतिक्रमण भएकै छैन ।’ उनको ठाडो प्रश्न छ—मोदी सरकार भारतीय सेनाको साथमा छ या चीनको साथमा छ ? यति डर के कारणले भएको हो ?

 

प्रतिक्रिया दिनुहोस